दाङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

फागुन २७,दाङ – दाङको तुल्सीपुरमा हिजो बेलुकी मोटरसाईकलको ठक्करबाट  ६० वर्षिय पर्शुराम कुमालको मृत्यु भएको छ ।

दाङकै घोराहीबाट तुल्सीपुर बजारतर्फ जादै गरेको रा २ प २५ ७७ नम्बरको मोटरसाईकलको ठक्करबाट तुल्सीपुरस्थित कुमाल गाँउका पर्शुराम मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कुमालको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकल चालक दाङ बिजौरी ८ का विनोद पाध्या पनि घाईते भएकाले थप उपचारको लागि नेपालगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।