विद्यार्थी कुट्ने शिक्षकलाई सार्वजनिक मुद्दा

फागुन २७, काठमाडौं– अभिभावकको उवसरीका आधारमा विद्यार्थी कुट्ने शिक्षकलाई सार्वजनिक मुद्दा दायर गरिएको छ ।

महानगरीय प्रहरी वृत चापागाँउले कालेश्वरको बाघ भैरव उमाविका सामाजिक विषयका शिक्षक उपेन्द्र घिमिरेलाई सार्वजनिक मुद्दा दायर गरेको हो ।

चापागाउँका डिएसपी गोविन्द आर्चायले अभिभावकको उजुरीका आधारमा मुद्दा चलाइएको बताए ।

घिमिरेले पटक पटक कक्षा छोडेर विद्यालयबाट भागेको भन्दै ७ विद्यार्थीको हात खुट्टा सुन्निने गरी पाइपले हिर्काएका थिए।( कान्तिपुर दैनिकबाट)