फल फलेको रुखमा सबैले झटारो हान्छन

फागुन २७, काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका अन्त्रिम केन्द्रीय परिषद सदस्य डाक्टर बाबुराम भट्टराईले छिट्टै पार्टी दर्ता गर्ने बताएका छन् ।
घरदैलो गरेपछि एक लाख सदस्यसहित निर्वाचन आयोगमा जाने उनले दाबी गरे ।

उक्त अभियानको अन्तरिम जिल्ला परिषद धुन्चेमा आयोजना गरेको कार्यक्रममा उनले देशलाई भ्रष्टाचारमुक्त र समृद्ध बनाइने बताए।

कसैको आलोचनाको प्रतिवाद नगरी गन्तब्यमा पुगिने बताउँदे उनले भने  ुकेहीले आलोचना गरेका छन् भनेर मपनि त्यसै गर्न चाहन्न । फल फलेको रुखमा सबैले झटारो हान्छन, झटारो हान्ने मान्छेले फर्काउँदैन। रुखले त फल दिन्छ ।ु(कान्तिपुर दैनिकबाट)