टी २० विश्वकपमा जिम्बावे र अफगानिस्तान विजयी

टी २० विश्वकप क्रिकेटको पहिलो दिन जिम्बावे र अफगानिस्तानले आफ्ना प्रतिद्वन्द्वीविरुद्ध समान १४ रनले विजयी भएका छन् ।
भारतको नागपुरमा भएको विश्वकप उद्घाटन खेलमा जिम्बावेले हङकङलाई १४ रनले पराजित गर्‍यो।
टस हारेर ब्याटिङ थालेको जिम्बावेले भुसी सिबान्दाको ५९ रनको मद्धतमा ८विकेट गुमाएर १५८ रन बनाएको थियो। १५९ रनको लक्ष्य लिएको हङकङले निर्धारित २० ओभरमा १४४ रनमा मात्रै जोड्न सक्यो। हङकङका लागि जेमि अट्किन्सनले सर्वाधिक ५३ रनको योगदान गरे।
नागपुरमै भएको दोस्रो खेलमा अफगानिस्तानले स्कटल्याण्डविरुद्ध समान १४ रनकै जित दर्ता गर्‍यो।
टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २०ओभरमा ५ विकेट गुमाएर १७० रन बनायो। अफगानिस्तानका लागि मोहम्मद शेहजादले ६१ र अस्गर स्तानिकजाइले अविजित ५५ रनको योगदान गरे।
१७१ रनको चुनौति पछ्याएको स्कटल्याण्ड निर्धारित २० ओभरमा ५विकेट गुमाउँदा १५६ रनमा सिमित भयो। सुरुवाती ब्याट्स्मयानद्वय जर्ज मुन्सीले ४१ र केल कोएट्जरले ४० रनको योगदान गरेपनि जितका लागि पर्‍याप्त भएन।