फागुन २७, स्याङ्जा–नेपाल सरकारका पशुपक्षी विकास मन्त्री शान्ता मानवीले व्यावसायिक पशुपालक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने बताएकी छिन् ।
युवाका लागि बाख्रा गाउँ अभियान, स्याङ्जाले वालिङमा आयोजना गरेको नेपालमा ‘बाख्रापालनको सम्भावना, समस्या, अवसर र चुनौती विषयक’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मानवीले व्यावसायिक कृषककालागि सहज र सरल तरिकाले ऋण उपलब्ध गराउनका लागि मन्त्रालयगतरुपमा काम अगाडि बढिरहेको जानकारी दिइन् ।
पशुपालक कृषकलाई अनुदान दिन सरकार तयार रहेको बताउदै मन्त्री मानवीले अनुदान पाउनका लागिमात्रै फर्महरु सञ्चालन गर्नेहरुमाथि भने अब सरकार कडा नीति अगाडि सार्ने योजनामा रहेको बताइन् ।
उनले देशलाई मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाउन सक्नुपर्नेतर्फ जोड दिँदै अब परम्परागत तवरले पशुपालन व्यवसाय सञ्चालन नगरी उन्नत तथा आधुनिक तौरतरिकाको अवलम्बन गर्न जरुरी रहेको धारणा व्यक्त गरिन् ।