सरकार उद्योगलाई निजिकरण गर्ने पक्षमा नरहेको उद्योग मन्त्री पाण्डेको भनाई

फागुन २६, उदयपुर–उद्योगमन्त्री सोमप्रसाद पाण्डेले वर्तमान सरकार सरकारी स्वामित्वको उद्योगहलाई निजीकरण गर्ने पक्षमा नरहेको बताएका छन् ।

उदयपुर सिमेन्ट उद्योगको निरीक्षण गर्ने शिलशिलामा उदयपुर सदरमुकाम गाईघाट आएका मन्त्री पाण्डेले प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विगतका सरकारले निजीकरण गरेका उद्योगहरुबाट पाठ सिकेर कुनै पनि सरकारी स्वामित्वको उद्योगलाई निजिकरण हुन नदिने ठोकुवा गरे ।

मन्त्री पाण्डेले देशका सातै प्रदेशमा ठूला सरकारी उद्योग खोल्ने तयारी उद्योग मन्त्रालयले गरिरहेको जानकारी दिँदै केही समयअघिको भारतीय नाकाबन्दीले देशमा ग्याँस, पेट्रोल लगायतको इन्धन उत्खन्नको तिब्र तयारी गरिरहेको जानकारी दिए । उनले भने ‘दैलेख, काठमाण्डौ लगायतका क्षेत्रमा ग्याँस उत्खन्न क्षेत्रको पहिचानमा सरकार जुटेको छ’ ।