खुलातर्फ केन्द्रीय सदस्यको मतगणना शुरु

फागुन २६, काठमाडौं– नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

निर्वाचनमा खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेका छन्।

निर्वाचन समितिका अनुसार खुलातर्फको मतगणनापछि क्रमशः अन्य पदको मतगणना गरिने छ। महाधिवेशनबाट पार्टीको सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसकेका छन्। पदाधिकारीको परिणामले ३३ प्रतिशत महिलाको प्रतिनिधित्वसमेत सुनिश्चित गरेको छ ।

निर्वाचनमा आरक्षणतर्फ ६ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रत्येका प्रदेशमा हुने दुईरकेन्द्रीय सदस्याका लागि प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सात जना उम्मेदवार चुनावी मैदानमा छन्।

आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुईका लागि १२, दलित तीनका लागि २०, दलित महिलातर्फ दुईका लागि पाँच, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जना उम्मेदवार मैदानमा छन्।