खोलामा डुबेर डेढ वर्षीय बालकको मृत्यु

फागुन २६, मोरङ–मोरङको भातीगन्जमा खोलामा डुबेर डेढ वर्षीय छोरा युवराज ऋषिदेवको मृत्यु भएको छ ।

हिजो साँझ भातीगन्ज–३ बस्ने सीताराम ऋषिदेवका छोरा युवराजको घर नजिकै रहेको लोहन्द्रा खोलाको पानीमा डुबेर मृत्यु भएको हो ।

घरबाट हराएर खोजी गर्ने क्रममा घर नजिकै रहेको खोलाको पानीमा डुबेको अवस्थामा बालकलाई फेला पारिएको थियो । तत्काल उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगर लगिएपनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।