मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

फागुन २६, सल्यान– सल्यानमा मोटरसाइकल दुर्घटना मोटरसाइकल चालक बागचौर नगरपालिका–३ रारेचौरका ३६ वर्षीय मोहन डिसीको मृत्यु भएको छ ।

राप्ती राजमार्गअन्तर्गत श्रीनगर थारमारे सडकखण्डको मोखला नजिक रा ३ प ४९८ नम्बरको मोटरसाइकल मङ्गलवार साँझ दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

रारेचौरबाट खलङ्गातर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटना भई सडकबाट करिब १०० मिटर तल शारदा नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका डिसीलाई उपचारका लागि श्रीनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।