दिल्ली भ्रमणबारे मोर्चाभित्र विवाद

फागुन २६, काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र नेताहरुको आसन्न नयाँदिल्ली भ्रमणलाई लिएर मतान्तर देखिएको छ ।
नेपाल भारत मैत्री समाजको निम्तेमा फागुन ३० मा भारतको राजधानी नयाँदिल्ली बोलाइएका सात मधेस केन्द्रित दलमध्ये चार अध्यक्षको नाममा मात्रै चिठी प्राप्त भएपछि साना दलले चित्त दुखाएका छन् । उनीहरुले दिल्ली भ्रमणका लागि अहिलेको समय अनुकल नरहेको समेत टिप्पणी गरेको छ । (कान्तिपुर दैनिकबाट)