सुरक्षा निकायमा १० हजार महिला, सबैभन्दा धेरै नेपाल प्रहरीमा

फागुन २६, काठमाडौं– सुरक्षा निकायमा कार्यरत महिलाको संख्या करिब १० हजार पुगेको छ । सबैभन्दा धेरै नेपाल प्रहरीमा महिलाको सहभागिता छ ।
७२ हजार सात सय १९ दरबन्दी रहेको नेपाल प्रहरीमा दुई डिआइजीसहित चार हजार चार सय ७१ जना महिला कार्यरत छन् । जसमध्ये करिब पाँच हजार पाँच सय दरबन्दी रिक्त छन् । अधिकृत तहमा मात्र नेपाल प्रहरीमा ८५ जना महिला छन् ।
दुई डिआइजी, एक एसएसपी, सात एसपी, १२ डिएसपी, ६३ इन्स्पेक्टर महिला छन् । त्यस्तै, एक सय ७७ सइ, तीन सय चार असइ, पाँच सय १२ हवल्दार र तीन हजार एक सय ८७ जवान तथा एक सय ९७ कार्यालय सहयोगीका रूपमा कार्यरत छन् । (नयाँ पत्रिका दैनिकबाट)