न्याय र विकसितपूर्ण समाज निर्माणबाट नै समृद्ध नेपाल बन्छःप्रम ओली

फागुन २५, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय र विकसितपूर्ण समाज निर्माणबाट नै समृद्ध नेपाल बन्ने बताएका छन् ।

महिला, बालबालिका तथा समाजकल्याणमन्त्रालयले १०६ औँ अन्तर्राटिय महिला दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला आरक्षण खास ठाउँ र खास तहसम्म मात्र हुने भएकाले महिलाको योग्यता र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।

उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले घरेलु श्रमलाई औपचारिक मान्यता दिई सामाजिक श्रमका रुपमा स्थापना गर्न सके महिला आर्थिक रुपमा समेत सशक्त बन्न सक्जे बताए ।
लैंगिक समानताअका लागि पाइला हाराहारी ः सन् २०३० सम्म हिस्सा बराबरी भन्ने नाराका साथ आयोजित समारोहमा राष्टपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता र उपराष्टपति नन्दकिशोर पुनको विशेष आतित्थता रहेको थियो ।