सबैलाई मिलाएर पार्टीलाई अगाडि लैजान्छुःदेउवा

फागुन २५, काठमाडौं–नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने बताए ।
निर्वाचित भएपछि आज पहिलो पटक आफ्नो निजी निवास बुढानिलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा जित हार नहुने बताए ।

उनले आफू निर्वाचनमा विजयी हुनुलाई जितभन्दा पनि जिम्मेवारी थपिएको बताए ।
अत्यन्तै शान्तिपूर्ण रुपमा निर्वाचन प्रक्रिया सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अरु साथीको भावनाको पनि कदर पूरा वाचा गर्दै उनले भने, उहाँहरु (निर्वाचनमा पराजित) को पनि मलाई सहयोग रहने विश्वास छ, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायत सबैलाई मिलाएर अघि बढ्नेछु, उहाँहरुको सम्मान र प्रतिष्ठा कायम राख्दै पार्टीमा अघि बढ्ने छु ।ु