१५ दलको दर्ता खारेज, खारेजीमा मन्त्रीकै पार्टी

फागुन २४, काठमाडौं– निर्वाचन आयोगले लगाचार तीन आर्थिक वर्षको आयव्यय विवरण नबुझाएका र त्यससम्बन्धमा निर्धारित समयमा आफ्ना स्पष्टीकरण पेस नगरेका १५ राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०६३ को दफा २४ को उपदफा ९१०को खण्ड ९ख० बमोजिम ती दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

खारेज भएको दलमा खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी परेको छ । दल खारेजी भएपछि सिंहको हैसियत निर्दलीय भएको छ । सिंहको सांसद् पद के हुने भन्ने कुरा कानूनमा प्रष्ट नरहेको आयोगका प्रवक्ता वासुदेव गुरागाईंले जानकारी दिए । दर्ता खारेज भएका पार्टीमा समाजवादी जनता पार्टी, जनता दल युनाइटेड, जनता पार्टी नेपाल, नेपाली जनता पार्टी, नेपाल जनभावना पार्टी, सशक्ति नेपाल, नेपाल राष्ट्रिय लोकतान्त्रिक दल, नेपाल राष्ट्रिय जनकल्याण पार्टी, जनमुक्ति पार्टी नेपाल, शिव सेना, लिवरल समाजवादी पार्टी, नेपाल साम्यवादी दल, नव नेपाल प्रजातान्त्रिक दल, संघीय लोकतान्त्रिक पार्टी र समाजवादी पार्टी छन् । (कान्तिपुर दैनिकबाट)