फरार अभियुक्त नयाँ शक्तिका नेता

फागुन २४, काठमाडौं– विद्यमान राजनीतिक दलहरुमा अपारदर्शिता र बेइमानी झाँगिएको र यी दलले देशका लागि केही पनि गर्न नसक्ने निष्कर्ष निकाल्दै गत असोज ९ गते नयाँ शक्ति निर्माण अभियान घोषणा गरेका डा। बाबुराम भट्टराईले नयाँ राजनीतिक दल निर्माणको माहोल बनाउन हालै २६५ सदस्यीय अन्तरिम परिषद् बनाएका छन् । प्रारम्भमा विभिन्न पेसा र क्षेत्रमा आवद्ध ३५ जनालाई सहभागी गराएर अन्तरिम केन्द्रीय परिषद् घोषणा गरेका बाबुरामको केन्द्रीय परिषदमा कस्ता–कस्ता व्यक्तिहरु सामेल गराइएका होलान् रु के त्यहाँ सामेल सबै व्यक्ति राम्रा र योग्य होलान् त रु धेरैलाई लाग्छ बाबुरामले सामाजिक प्रतिष्ठा भएका राम्रा व्यक्तिहरुलाई मात्रै नयाँ शक्तिको नेता बनाएका छन् । तर, देशकै चर्चित ठगी काण्डमा मुछिएका एक व्यक्तिलाई स्वाधीन र संवृद्ध नेपाल बनाउने नारा दिइएको नयाँ शक्ति निर्माण अभियानको केन्द्रीय परिषद् सदस्य बनाइएको छ । अचम्म त के छ भने सुशासन र पारदर्शिताको कुरा गर्ने बाबुरामलाई समेत यो कुरा अझै थाहा दिइएको छैन । बाबुरामलाई समेत गुमराहमा पार्दै चर्चित युनिटी ठगी काण्डका फरार अभियुक्त डाकबहादुर ९राजेन्द्र० पराजुलीलाई नयाँ शक्ति निर्माण अभियानको अन्तिमपटक थपिएको सूचीमा समावेश गरिएको हो । अन्तिमपटक थपिएको सूचीमा उनको नाम २० औं नम्बरमा छ । डाकबहादुर नेटवर्किङ व्यवसायलाई अवैध ठहर गर्दै सरकारले प्रतिवन्ध लगाएपछि कासीप्रसाद गुरुङसँगै फरार भएका थिए । पछि उनले यो काण्ड मिलाएका थिए ।

को हुन् डाकबहादुर रु

गोराख जिल्ला स्थायी घर भएका डाकबहादुरको वास्तविक नाम राजेन्द्र पराजुली हो । उनले लामो समय आफूलाई यही नामबाट युनिटीमा आवद्ध गराए र लाखौं कमाए । उनको यही परिचयमा विश्वास गरेर सयौं जना ठगिएका पनि छन् । उनलाइ नजिकबाट चिन्नेहरुका अनुसार उनीबाट ठगिएका कैयनले अझै पनि न्याय पाएका छैनन् । युनिटी काण्डमा लागेर अवैध तरिकाले सम्पत्ति आर्जन गरेका डाकबहादुरको काठमाडौंको गोंगबुमा घर छ र उनी गाडी चढेर हिँड््छन् । पछिल्लो समय गार्मेन्ट व्यवसायमा आवद्ध डाकबहादुरका दुई श्रीमतीमध्ये उनी कान्छीसँग बस्दै आइरहेका छन् ।

फरार अभियुक्त कसरी बने नेता रु

नयाँ शक्ति निकट स्रोतका अनुसार केही गोरखालीहरुको स्वार्थले गर्दा बाबुरामलाई नै जिल्याउँदै उनी नयाँ शक्तिको केन्द्रीय सदस्य बनेका हुन् । गाडी चढ्न र आर्थिक लाभ लिन बाबुरामलाई उनको असली परिचय नदिइकन अन्तरिम केन्द्रीय परिषद्मा पारिएको गाइँगुइँ हल्ला नयाँशक्ति भित्र अहिले चल्न थालेको छ । स्रोतका अनुसार गोरखाका बाबुरामनजिकका मेहन्द्र श्रेष्ठ, हरिशचरण आचार्यलगायतकाको विशेष जोडबलमा उनलाई केन्द्रीय परिषद्मा पारिएको हल्लाले अहिले बाबुरामको नयाँ शक्तिको बबरमहलको कार्यालय गर्माएको छ । (साँघु साप्ताहिकबाट)