बूढीगण्डकी जलविद्युत् आयोजनालाई चीनसँग ऋण मागिने

फागुन २४, काठमाडौं–सरकारले बूढीगण्डकी जलविद्युत्त आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेको चीन भ्रमणका क्रममा सो आग्रह गर्ने तयारी गरिएको छ । उर्जा मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरी परराष्ट्र मन्त्रालयलाई बुझाइसकेको छ ।

उर्जा मन्त्रालयका प्रवक्ता डा। सञ्जय शर्माका अनुसार विस्तृत आयोजना प्रतिवेदन समेत तयार भइसकेको सो आयोजनालाई मुलुकको विद्युत्त संकट समाधान गर्न महत्त्वपूर्ण आयोजनाको रुपमा लिँदै तत्काल निर्माण प्रक्रिया सुरु गर्न सरकारका तर्फबाट चीन सरकारसमक्ष आग्रह गर्न लागिएको हो ।(आर्थिक दैनिकबाट)