सभापतिका लागि दोस्रो चरणको मतदान २ बजेदेखि

फागुन २४, काठमाडौं– नेपाली कांग्रेसको नयाँ सभापति चुन्नका लागि दास्रो चरणको मतदान सोमबार अपरान्ह २ बजेदेखि ५ बजेसम्म हुने भएको छ।

निर्वाचन समितिको निर्णय अनुसार, पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो स्थानमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच सभापति पदका लागि दोस्रो चरणको निर्वाचन राष्ट्रिय सभागृहमा हुने छ।

कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको प्रहिलो चरणको प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले पार्टी विधान अनुसार खसेका कुल मतको बहुमत प्राप्त गर्न नसकेपछि देउवा र पौडेलबीच निर्वाचन हुन लागेको हो।

आइतबार भएको मतदानमा देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत ल्याएका थिए।