मतदान सकिएलगत्तै मतगणना, बहुमत नपुगे भोलि मतदान

फागुन २३, काठमाडौं– नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि आज भइरहेको मतदान सकिएलगत्तै सभापतिको मत गणना हुने बताइएको छ। रात भरीमा मतपरिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ। यदि पहिलो चरणमा कसैको बहुमत नआए भोलि पुनः भोलि पहिलो र दोस्रो उम्मेद्वारबीच चुनाव हुन्छ।

मतदानको समय आज ४ बजेसम्म तोकिएको छ। कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत आवश्यक हुन्छ।