चैतअघि लोडसेडिङ नघट्ने

फागुन २३, काठमाडौं– भारतबाट ८० मेगावाट थप विद्युत आयात भएपनि लोडसेडिङ नघट्ने भएको छ। माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत भार कम गर्न चैतसम्म कुर्नु पर्ने देखिएको हो।

भारतबाट थप बिजुली आयात भएपछि दैनिक दुई घण्टासम्म लोडसेडिङ कटौती हुने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणको थियो। तर, आयात भएको तीन् साता बितिसक्दा पनि दैनिक विद्युत कटौती १३ घण्टा कायम छ।

मागभन्दा झन्डै ८०० मेगावाट विद्युत आपूर्ति कम भएपछि लोडसेडिङ घटाउन नसकिएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्री बताउँछन्।

उनका अनुसार केन्द्रीय प्रसारण लाइन विस्तार भएका क्षेत्रमा १ हजार ३ सय ५० मेगावाट विद्युत आवश्यक भएपनि जम्म ५५० मेगावाटमात्र प्रसारण भइरहेको छ। ( कारोबार दैनिकबाट)