वैशाख १ पर्खिंदै श्रीपेच

फागुन २३, काठमाडौं– सरकारले नारायणहिटीको सैलुन कक्षमा नेपाली सेनाको कडा सुरक्षा घेरमभित्र राखिएको श्रीपेच प्रदर्शनीमा राख्ने तयारी गरेको छ।
सोकेस तयार भएको तीन वर्षपछि संस्कृति मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी, नास्टलगायत निकायलाई पत्राचार गरी बुलेटप्रुफ सिसाको प्राविधिक परीक्षण नर्ग पत्राचार गरेको छ।

संस्कृति मन्त्रालयका सचिव प्रेम राईले नेपाली सेनालगायतका सुरक्षा निकाय र प्राविधिक टोलीले निर्णय गरे आउँदो बैशाख १ गतेदेखि सर्वसाधारणका लागि श्रीपेच, राजदण्डलगायतका ऐतिहासिक सामग्री प्रदर्शनीमा राख्ने तयारी भएको बताए।

तीन दिनअघि गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, संस्कृति मन्त्रालयका सचिव राई र रक्षा मन्त्रालयका सहसचिवसहितको उच्चस्तरीय टोलीले श्रीपेच राख्ने कक्षको अवलोकन गरेका थियो।(नेपाल समाचार पत्र दैनिकबाट)