प्रधानाध्यापक नै किर्ते धन्दामा

फागुन २३, काठमाडौं–राहत कोटाको शिक्षक दरबन्दीमा नियुक्ति दिलाउने भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहका सदस्य पक्राउ परेका छन्।

नक्कली नियुक्तिपत्र र दरबन्दी अभिलेख बनाएर सर्वसाधारणबाट पैसा असुल्ने उनीहरुलार्इ बारा प्रहरीले समातेको हो। सर्वसाधारणबाट पैसा असुल्न  जिल्ला शिक्षा अधिकारीको किर्ते हस्ताक्षरमा नियुक्तिपत्र र शिक्षक दरबन्दीको अभिलेख बनाएर दिएको आरोपमा एक शिक्षकसहित दुईजनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ।

उक्त आरोपमा पक्राउ पर्नेमा करैयास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधनाध्यापक उपेन्द्र साह तेली र उनका सहयोगी देवनारायण चौधरी रहेको प्रहरीले जनाएको छ।

कोल्हबीका मुक्तिनारायण चौधरीले घरका सदस्यहरु भगवती, जितेन्द्र र उर्मिलालाई राहत कोटामा नियुक्त गर्न ९० हजार रुपैयाँ देवनारायणलाई लिएका थिए। ( नागरिक दैनिकबाट)