महाधिवेशनपछि कांग्रेस पनि ओली नेतृत्वको सरकारमा आउँछु ः ज्ञवाली

फागुन २१, भक्तपुर) नेकपा (एमाले) का सचिव प्रदिप ज्ञवालीले नेपाली महाधिवेशन सम्पन्न भएपछि कांग्रेसलगायत मधेसवादी दल पनि ओली नेतृत्वको सरकारमा आउने बताए ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले भने–कांग्रेसको महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुँदैन बरु काँग्रेसलाई पनि यही सरकारमा ल्याउनका लागि सरकार पुनर्गठन हुन सक्छ ।
यही सरकारले स्थानीय निकायको निर्वाचन, आम निर्वाचन र प्रदेशसभाको निर्वाचन गराउनृ उनले दावी गरे ।
प्रधानमन्त्रीको आशन्न चीन भ्रमणमा नेपालमा आवश्यक मध्ये ३० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्तिका लागि सम्झौता हुने, नेपाल चीन स्वतन्त्रण व्यापारका लागि नेपालको पूर्वाधार र जलस्रोतमा लगानी गर्नका लागि दुईदेशबीच सम्झौता हुने ज्ञवालीले बताए ।
सचिव ज्ञवालीले प्रधानमन्त्री ओलीले गरेको भारत भ्रमणबाट दुई देशबीचको राजनीतिक रुपमा नै सम्बन्ध पुनःस्थापित भएको भएको र आगामी दिनमा नेपाली जनताले भारतबाट नाकाबन्दीको सामना गर्न नपर्ने विश्वास व्यक्त गरे । अहिले पनि भारतबाट ७० प्रतिशत मात्र इन्धन आपूर्ति आएको र बाँकी ३० प्रतिशत केही समयभित्रै आपूर्ति सहज हुने बताए ।