अभिनेत्री उर्मिलाले गरिन् विवाह

–बलिउड अभिनेत्री उर्मिला मातोंडकरले बिबाह गरेकी छन् । रामगोपाल वर्माको फिल्म ‘रंगीला’बाट बलिउडकी सेन्सेसन बनेकी उर्मिलाले आफूभन्दा करिब १० वर्ष कान्छा व्यापारी–मोडल मोहसिन अख्तर मिरसँग विवाह गरेकी हुन् । गत साता मात्रै बलिउडकी अर्की अभिनेत्री प्रिती जिन्टाले पनि विवाह गरेकी थिइन् ।

रंगीला, सत्या, जंगल, जुदाई, एक थी हसिना लगायत चर्चित फिल्म अभिनेत्री उर्मिला पछिल्लो समय फिल्महरुमा खासै देखिएकी थिइनन् । उनका पति मिर कश्मीरी मूलका व्यापारी र मोडल हुन् ।