बार चुनावमा देशभक्त कानून ब्यवसायी समूहबाट उम्मेदवारी घोषणा

फागुन २१, काठमाडौ –नेपाल बार एसोसिएनको आसन्न २४औं कार्यसमितिको निर्वाचनको लागि देशभक्त कानून ब्यवसायी समूहले उम्मेदवारी घोषणा गरेको छ ।
पत्रकार सम्मेलन गरी उपाध्यक्षसहित पाँच पदमा उम्मेदवारी घोषणा गरिएको हो ।
न्यायक्षेत्र राजनीति मुक्त, देशभक्त कानून ब्यवसायी समूहको अभियान एक सुत्र भन्ने नाराकासाथ चुनावी मैदानमा उभिएको समूहले मध्यमाञ्चल उपत्यका उपाध्यक्षमा अधिवक्त राजकुमार थापा, महासचिवमा अधिवक्त गजेन्द्रबहादुर  थापा, कोषाध्यक्षमा अधिवक्त हरिओम तिमल्सिना, केन्द्रीय सदस्यमा अधिवक्त गणेश गिरी र नागेश कृष्ण पोख्रेललाई अगाडि सारेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उनीहरु न्याय क्षेत्रमा राजनीति हावी हुँदा न्याय प्रभावित हुने गरेको उल्लेख गर्दै न्याय क्षेत्रलाई राजनीति मुक्त गर्दै सबैले सहज रुपमा न्याय पाउने बातावरण निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।