ट्यूसन पढ्न गएकी बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

फागुन २०,दाङ– ट्युसन पढ्न गएकी बालिकालाई करणीको गरेको अभियोगमा शान्तिनगर ९ जुम्लेकुला निवासी ३० वर्षीय कृष्णबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी निरीक्षक सन्तोष रोकाका अनुसार केसीले जानकुञ्ज स्कूलमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया बालिकालाई ट्यूसन पढाउने गरेका थिए। तर ती बालिका ट्यूसन पढेर घरतर्फ फर्कने क्रममा एकान्त खेतमा बेलुका सात बजेतिर जबरजस्ती करणी गरेको मुद्दाको आधारमा केसीलाई पक्राउ गरिएको जानकारी दिए।

घटना ६ गते बेलुकाको हो। यसअघि गाउँमै मिलाउने प्रयास भएको तर त्यो सम्भव नभएपछि प्रहरी कहाँ उजुरी ढिलागरी परेकोले घटना सर्वाजनिक भएको हो। पक्राउ परेका व्यक्ति विरूद्ध प्रहरीले जबरजस्ती करणी सम्वन्धि मुद्दा चलाई सकेको जनाएको छ।