विश्व श्रवण दिवस मनाइँदै

फागुन २०, काठमाडौँ– आज विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभर नै श्रवण दिवस मनाइँदैछ । विश्वमा ब्याप्त बहिरोपनको विकराल रुप देखेर सन् २००७ मा बेईजिङ्गमा भएको प्रथम अन्तर्राष्«िटय सम्मेलनले बहिरो पना रोकथाम तथा पुनःस्र्थापनाका लागि विश्वब्यापी रुपमा प्रत्येक वर्ष मार्च ३ का दिनलाई सो दिवसका दिन मनाउने निर्णय गरेको थियो । यस वर्ष “वालवालिकामा श्रवण ह्रासः अहिल्यै गरौं, यसरीे गरौं !” भन्ने नाराका साथ देश ब्यापी सो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा कुल जनसंख्याको करिब ३६ करोड ( अर्थात ५.३ प्रतिशत ) जनसंख्यामा अपाङ्गता गराउने बहिरोपन भएको देखिएको छ । करिब ३ करोड वालवालीका बहिरोपनका कारण अपाङ्ग भएका छन भने त्यसमा पनि करिब ७५ लाख बालवालिकाहरु त पाँच बर्ष मुनिका नै छन । ६५ बर्ष भन्दा माथिका उमेर समुहका एक तिहाई जनसंख्यामा बहिरोपनको समस्या देखिएको छ । नेपालमा सन १९९९ को तथ्याङ्क अनुसार करिब २७ लाख जनसंख्यामा बहिरोपनको समस्या रहेकोमा हाल करिब ४७ लाख नेपालीमा यो समस्या रहेको अनुमान गररिएको छ । बर्सेनी करिब ३,६५० जना वालवालिकाहरु बहिरोपन भएका जन्मने गरेका छन ।