गुट तोडेर पार्टीलाई नीति प्रधान बनाउने भन्दै उम्मेदवारी घोषणा

फागुन २०, काठमाडौं– व्याप्त गुट उपगुट तोडेर नीतिको आधारमा सञ्चालनको पद्धति निर्माणकोलागि भन्दै नेपाली कांग्रेसका युुवा नेताहरुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा युवा नेताहरु चन्द्र भण्डारी, बद्री पाण्डे, राजेन्द्र बजगाई, आङ गेलु शेर्पा, कर्मा छिरिङ शेर्पा र विष्णुप्रसाद सिटौला लगायतले पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
साक्षात्कारमा यूवा नेता चन्द्र भण्डारीले पार्टीको नीतिलाई लागु गर्न सक्ने संरचना निर्माणको लागि नेतृत्व विकास गर्ने मान्यताका साथ आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।
गिरिजाप्रसाद कोइरालापछि शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गरेको भए अहिले यूवा पुस्ताले काग्रेसको नेतृत्व पाउने अवस्था हुने थियो भन्दै अन्तिम पटक नेतृत्वको अवसर दिने गरी आफू देउवा प्यानललाई सहयोग गर्ने गरी उम्मेदवार बन्ने बताए ।
अर्का यूवा नेता बद्रि पाण्डेले मुलुकमा राजनीतिक क्रान्ति समाप्त भएकोले अब समृद्धिको नीति बनाएर पाटीलाई विसंगतपूर्ण राजनीतिबाट मुक्त गर्न आफू केन्द्रीय सदस्य पदको उम्मेदवार बनेको भन्दै सस्थापन पक्षलाई सहयोग गर्ने गरी आफू उम्मेदवार बन्न लागेको स्पष्ट पारे ।
उद्योगी एवम यूवा नेता राजेन्द्र बजगाईले बीपीको विकासबादी सिद्धान्तलाई सबैले विर्सिएको अवस्थामा आफू विकासको नारा लिएर केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउँदै आफू अहिले देखिएका कुनै प्यानलबाट नभई स्वतन्त्र रुपमा उम्मेदवार बन्ने बताए ।