‘सडक र जेलजेलबाट आन्दोलन गछौं’

फागुन २०, काठमाडौं–पीडित कैदीबन्दी परिवारले सरकारले १ सय ६५ जना कैदीबन्दीलाई मात्र रिहाई गर्ने निर्णयलाई अधुरो भन्दै बाँकी १७ हजार भन्दा बढीलाई गरेको बेवास्ताविरुद्ध आन्दोलित गर्ने घोषणा गरेका छन् । संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनीहरुले सरकारको ध्यानाकर्षण गराएका किना कारण बन्दी बनाइएकालाई रिहाई गर्न माग गरेका छन् । पीडित कैदीबन्दी परिवार संघका अध्यक्ष जीवन रायामाझीले अन्य देशमा पेशेवर अपराधमा संलग्नबाहेकका कैदीबन्दीहरुलाई जेल मुक्त गर्ने गरेको भन्दै नेपाल सरकारले पनि एक पटक सुधारको मौका दिन आग्रह गरे । ‘महाविपत्ति, सुनामी, पहिरो र युगान्तकारी परिवर्तनको अबसर बनएर विश्वका धेरै देशमा सजाय मिनाह गरेका छन्, नेपालमा सरकारले त्यसतर्फ ध्यानै नदिएको देख्दा दुःख लागेको छ’ उनले भने । संगठनकी उपाध्यक्ष यमुना तामाङले कैदीबन्दीहरुको सजाय, जरिवानाको अवस्था,मुद्धाको प्रक्रियाअनुसार प्रक्रिया बनाएर रिहाई र आममाफीको साथै बन्दी गृहको सुधार हुने पर्ने बताइन । ‘हामीले यसरी आम जनमानस र सम्बन्धित निकायको कैदिबन्दी प्रतिको दृष्टिकोण बदल्ने अभियान चलाइरहेको बेलामा सरकारले अधुरो र अपरिपक्व निर्णयले हमीलाई गम्भिर बनाएको छ’ उनले भनिन् । कार्यक्रममा पीडित कैदीबन्दी परिवारका तर्फबाट राजकुमार लामाले बल्दै ‘१७ हजार कैदीबन्दीहरुका परिवारे सरकार विरोधी आन्दोलन गरे के हुन्छ’ भने । पत्रकार सम्मेलनमार्फत पीडित कैदीको परिवारले महावित्ति र नयाँ संविधान जारी भएको अबसरमा पेशेबर अपरोधमा संलग्नबाहेकका कैदीबन्दीलाई आममाफी दिनु पर्ने माग राखेका थिए । उनीहरुले आफ्ना माग पूरा नभएर आन्दोलनमा जान बाध्य हुने उनीहरुले चेतावनी समेत दिए ।