चीनले तीन ठूला इन्धन भण्डारण ट्यांक बनाइदिने

फागुन १९, काठमाडौं– चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ। ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन्।

चीनले नेपाललाई ३ महिनासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता ९डिपो० निर्माण गर्ने चासो देखाएपछि आपूर्ति मन्त्रालयले यसको तयारीमा जुटेको छ। त्यसका लागि मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरानी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ।

कुन क्षेत्रमा कति क्षमताको डिपो स्थापना गर्ने भन्ने अध्ययन गर्न मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको छ। (कारोबार दैनिकबाट)