काँग्रेसको महाधिवेशन पश्चात सरकार परिवर्तन ः बिजुक्छें

फागुन १७,भक्तपुर–नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने बताए ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले काँग्रेसको महाधिवेशन पश्चात काँग्रेसकै नेतृत्वमा एमाओवादी, तराईवादी, एमालेलगायत अन्य दलको सहकार्यतामा सरकार निर्माण हुने बताए ।
नेपालमा संबिधान जारीसँगै भारतले गरेको अघोषित नाकाबन्दी र नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र नेपालीका लागि कुनै फरकपन देखा नपरेको भन्दै भारतसँगको सम्बन्ध सुधारका लागि गरिएको भ्रमणले खासै सम्बन्ध सुधार समेत नभएको उनको भनाई छ ।
तराई आन्दोलन तराईका कामदार वर्गका लागि भन्दा पनि सिमित कालो बजारी गर्ने र बारम्बार सरकारमा सामेल भएका तराईबादी दलहरुले लाभ लिने उद्देश्यका साथ भएको भन्दै भारतले इशारा नगरेसम्म तराईमा भइरहेको आन्दोलन नरोकिने र एक पछि अर्को माग राख्दै अप्ठ्यारो उत्पन्न गर्ने उनको दाबी छ ।