नक्कली कस्तुरीको बिनासहित पक्राउ

फागुन १७,काठमाडौं– जुम्ला सिपा–९ घर भई काठमाडौँ बालकुमारी बस्ने ३२ वर्षीय लाल राउतलाई प्रहरीले नक्कली कस्तुरीको बिनासहित पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले राउतलाई काठमाडौं महानगरपालिका– ३५ कोटेश्वरमा नक्कली कस्तुरीको बिनालाई सक्कली भनि बेच्दै हिंडिरहेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको छ ।