कांग्रेस जिल्ला र क्षेत्रीय सभापतिको भेला मंगलबार

फागुन १७, काठमाडौं–नेपाली काग्रेस सिन्धुपाल्चोकको पहलमा आगामी फागुन १८ गते काठमाडौंमा देशभरीका जिल्ला सभापति र क्षेत्रीय सभापतिको भेला हुने भएको छ ।
विहान साढे आठ बजेबाट राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा अहिलेका निर्वाचित जिल्ला र क्षेत्रीय सभापति, निर्वतमान जिल्ला सभापति र केन्द्रीय समितिका सदस्य एवम पदाधिकारीहरुको सहभागिता रहने बताइएको छ ।

पत्रकार सम्मेलनको आयोजना गरी सिन्धुपाल्चोक काग्रेस सभापति मोहनबहादुर बस्नेतले भेलामा निर्वाचितलाई स्वागत र निर्वतमानलाई विदाई गर्नुका साथै पार्टीको आन्तरिक व्यवस्थापन, मुलुकमा देखिएको अराजकता ब्यवस्थापनका लागि ठोस नीति तथा कार्यक्रम, मुलुकलाई अग्रगतिमा लैजान काग्रेसको भूमिका, मुलुकको समस्या समाधान लगायतका विषयमा छलफल हुने बताए ।
बस्नेतले पार्टीले आफ्नो आन्तरिक ब्यवस्थापन गर्न नसके मुलुकको समस्याको ब्यवस्थापन गर्न नसक्ने भएकोले महाधिवेशनको मुखमा भेलाको आयोजना गरेर छलफल चलाउन लागेको भन्दै यो अवसर महाधिवेशनकोलागि भोट माग्ने अवसर समेत बन्ने विश्वास ब्यक्तगरे ।
उनले भने,‘ पार्टीको नयाँ नेतृत्वकोलागि अब सर्वसम्मत हुने सम्भावना छैन त्यसलै पनि महाधिवेशनमा हुन लागेको भेलाले नेताहरुलाई भोट माग्ने अवसर जुटाई दिएको हो । ’
उनले मुलुकलाई अघि बढाउन अहिले पनि दलीय सहमतिको आवश्यकता रहेको भन्दै भेलाले पार्टीलाई त्यो बाटोमा अघि बढाउन दवाव सृजना गर्ने विश्वास ब्यक्त गरे ।