सस्तोमा ग्यास दिने चीनको प्रस्ताव

फागुन १२, काठमाडौं– चीनको पेट्रोलियम पदार्थ कारोबार गर्ने कम्पनी साइनोपेक्सले भारतले दिने दरभन्दा कममा ग्यास उपलव्ध गराउने प्रस्ताव गरेको छ । प्रस्तावमा पेट्रोल र डिजेल भने भारतको भन्दा धेरै महँगो छ ।

पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ छ यो केरुङसम्मको मूल्य हो । त्यमा नेपालको कर थपिँदा भने महँगो पर्छ । निगमका निर्देशक दीपक बरालले चीनले ग्यासमा लिने भनेको मूल्यमा कर जोड्दा पनि अहिलेको बजार भाउभन्दा बढी नपर्ने बताए ।

‘साइनोपेक्सले ग्यासमा जुन प्रस्ताव राखेको छ, त्यहीमा दिए भारतबाट भन्दा बढी पर्ने छैन, उनले भने । तर, चीनको केन्द्रीय सरकारले इन्धन निर्यातको अनुमति दिनुपर्छ ।(कारोबार दैनिकबाट)