संखुवासभा केन्द्रबिन्दु बनाएर ५ म्याग्नेच्युडको भूकम्प

फागुन, ११ काठमाडौं –

वैशाख १२ गतेको ठूलो भूकम्पले बाक्लै पराकम्पनहरू आइ सर्वसाधारण त्रसित भइरहेका बेला भूकम्पले फेरि संखुवासभा जिल्ला केन्द्रविन्दु बनाएको छ ।

आज बिहान ३ बजे संखुवासभाको माङतेवा र शीतलपाटीको बीचमा पर्ने अरुण नदीलाई केन्द्रविन्दु बनाइ भूकम्प गएको हो ।

भूकम्प ४ दशमलव ५ म्याग्नेच्युड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका बेला घरहरू हल्लिएका थिए । घर हल्लिएपछि संखुवासभाका स्थानीय घरबाहिर निस्किएको स्थानीय प्रहरीले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महशुस गरिएको थियो ।