संस्थापनको प्यानल फुटाउने सोचमा देउवा पक्ष

फागुन, ११ काठमाडौं-
नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन दुई साता भन्दा कम समय बाँकी रहदा नेताहरुको ध्यान नयाँ नेतृत्व लिन केन्द्रित बनेको छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, शशांक कोइराला, सुजाता कोइराला लगायतका नेता पार्टी नेतृत्व लिन सक्रिय बनेका आजको नागरिक दैनिकमा समाचार छ ।

वरिष्ठ नेता देउवा प्यानलनै बनाएर प्रतिस्पर्धामा उत्रने तयारीमा जुटेका छन् । उनी संस्थापन पक्षका प्रभावशाली नेताहरुलाई आफ्नो समूहमा ल्याएर महामनत्रीको उम्मेलवार बनाउने कसरतमा छन् ।

संस्थापन पक्षसँग असन्तुष्ट अर्जुननरसिंह केसीलाई महामन्त्रीको उम्मेदवार बनाउन देउवाले सोमबार निकट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का लगायतसँग छलफल गरे ।