भूपूू गोर्खा सैनिक बेलायत सकारबिरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने

फागुुन, ११ काठमाडौं –
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने घोषणा गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ ।

मानव तस्करी, गोर्खाको संस्कार संस्कृतिको विनास एवं गोर्खाको सूचना पाउने हक हनन गरिएको निष्कर्ष निकाल्दै गेसोले बेलायत र नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जाने घोषणा गरेको हो ।

बेलायतको अल्डरसटस्थित किङ्ससेन्टरमा आइतबार आयोजित एक दिवसीय अभिमुखी कार्यक्रममा गेसोले नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानको लडार्इं लड्ने प्रतिज्ञा गरेको हो ।

घोषणा कार्यक्रममा बेलायतका नेपाली बुद्धिजीवी, विभिन्न राजनीतिक पार्टी र जनजाति संगठनका प्रतिनिधि, पत्रकार लगायत सयौं भूपूगोर्खा सैनिक सहभागी थिए ।

कार्यक्रममा गेसो केन्द्रीय सभापति पदमबहादुर गुरुङले १५ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्दै सार्वभौमसत्ता सम्पन्न देशका स्वतथन्त्र नागरिकलाई के कस्तो सन्धि सम्झौता गरी बेलायती सेनामा पठाइएको हो त्इसको सत्यतथ्य बेलायत र नेपाल सरकार दुवैले सार्वजनिक गर्नु पर्ने बताए ।