दिल्लीमा मनाए प्रम ओलीले जन्मदिन

फागुन १०, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नयाँ दिल्लीमा  आफ्नो जन्मदिन मनाएका छन्।

६ दिने भ्रमणका क्रममा गत शुक्रबार भारत गएका ओलीले आज आफ्नो जन्मदिन र वैवाहिक सम्बन्धको बर्षगाँठ मनाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले नयाँ दिल्लीमा एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले जन्मदिन र वैवाहिक सम्बन्धको वर्षगाँठ मनाएको जानकारी दिएका छन्।