संविधानले मधेस अपमानित हुन दिएको छैनः नेपाल

फागुन ९,झापा– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मधेसले विशेष अधिकारसहितको नयाँ संविधान पाएकाले अपमानित भएको महसुस गर्नुपर्ने ठाउँ छैन भने ।
प्रेस चौतारी झापाले एमाले पार्टी कार्यालय बिर्तामोडले गरेको कार्यक्रममा उनले भने–‘संविधानले मधेसले विशेष अधिकार दिएको छ, मधेसमा बस्ने मधेसीहरु कहि कतै अपमानित महसुस गर्ने ठाउँ छैन। त्यसैले संविधान बनेकोमा गर्व गर्नुस्। ’

उनले मधेसी मोर्चाले आन्दोलन फिर्ता लिएर संविधानको सफल कार्यान्वयनमा लाग्नुको विकल्प समेत नरहेको वताए। नेपालले सिमांकनका विषयमा कसैलाई चित्त नबुझे स्थानीय जनताको अभिमत लिएर विवादित विषय टुङ्गयाउन सकिने बताए।