१ सय ३५ क्वीन्टल अबैध झ्याउसहित एकजना पक्राउ

फागुन ९,नेपालगंज–अबैधरुपमा ‘लिचिएन एसपीपी’ नामक झ्याउ भन्डारण गरेको अभियोगमा बाँकेमा व्यापारी याकुब अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले अबैधरुपमा भण्डारण गरिएको ५ सय ४२ बोरा अर्थात करिब १ सय ३५ क्वीन्टल अबैध झ्याउसहित जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्षसमेत रहेका अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले अन्सारीलाई गएराति पक्राउ गरी जिल्ला वन कार्यालय बाँकेमा बुझाएको छ।

प्रहरीको विशेष ब्युरोले अन्सारीको नेपालगन्ज बिमानस्थल नजिकै रहेको गोदाममा छापा मारेर अबैधरुपमा भन्डारण गरी राखेको १ सय ३५ क्वीन्टल अबैध झ्याउ फेला पारेको थियो। अन्सारीलाई  वन कार्यालयले आफ्नो नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको छ।

झ्याउ  पाइन्ट, कपडामा लगाइने रंग र धुप बनाउन प्रयोग हुने व्यवसायीहरु बताउँछन्