इन्धन आपूर्ति सहज हुन थालेपछि मेलम्चीको सुरूङ खन्ने काम सुरु

फागुन ७, काठमाडौं– नाकाबन्दी खुलेसँगै इन्धन आपूर्ति सहज हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सुचारु भएको छ।
भूकम्प र नाकाबन्दीले १० महिनादेखि सुरुङ खन्ने काम नियमित थिएन। निर्माण सामाग्री र इन्धन आयात बढेपछि कामले गति लिन थालेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए। उनका अनुसार यसै साताबाट पूर्ण क्षमतामा काम अघि बढाउन समितिले आइतबार नै ठेकेदारलाई निर्देशन दिइसकेको र उसले यसमा सहमति जनाएको छ।

ठेकेदार कोअपरेटिभाा मुरातोरी एन्ड केमेस्टेटी र डी रेभनाले सुरूङ खन्ने ठेक्का पाएका छन्।

इन्धन अभाव हुँदा सुन्दरीजलबाट मात्र दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको छ। मेलम्चीको रिबर्मादेखि राजधानीको सुन्दरीजलसम्मको साढे २६ कोलोमिटर लामो सुरुङ खनी २०७३ बैशाखदेखि मेलम्चीको पानी राजधानीमा ल्याउने सरकारको लक्ष्य छ।(कारोबार दैनिकबाट)