समुन्नतिको आका‌ंक्षाबाट म पृथक छैनः पूर्वराजा ज्ञानेन्द्र

फागुन ७, काठमाडौं– पूर्वराजा ज्ञाननेन्द्र शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशिलताका लागि आफै पन्छिएर मागर्ग प्रशस्त गरेपनि अपेक्षित नतिजा नआएको भन्दै निराशा व्यक्त गरेका छन्।

उनले स्पष्ट बुझिने गरी राष्ट्रिय समृद्धिका लागि आफ्नो भूमिकाको खोजी गरेका छन्।

ज्ञानेन्द्रले ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गरी यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

‘राष्ट्र, राष्ट्रियता र राष्ट्रिय गतिशिलताका लागि मैले आफू पन्छिएर पनि मार्ग प्रशस्त गरिदिएको हुँ। तर राष्ट्रको सर्वोत्तम समुन्नतिको आकाक्षाबाट म पृथक छैन’, पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देशमा उल्लेख छ। सन्देशमा भनिएको छ(,‘दूर्भाग्यवश नेपालको राष्ट्रियता, अखण्डता र राज्य व्यवस्थाको नयाँ विधि एवम् प्रकृया नेपाल र नेपालीको हित एवम् अग्रगतिका निम्ति साधक सिद्ध हुन नसक्नु सबैका लागि दुःखद कुरा हो।’(अन्नपूर्ण पोस्ट दैनिकबाट)