नेपाल र क्यानडाबीच समझदारी पत्रमा हस्ताक्षर

फागुन ७, काठमाडौं–नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघ र क्यानडा–नेपाल मैत्री तथा साँस्कृतिक समाजबीच दुई देशको जनस्तरमा सम्बन्ध विस्तार गर्न र दुई देशको हित बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पूर्व राजदुत तथा संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठका अगाडि काठमाडौमा संघका उपाध्यक्ष प्राडा प्रदीपकुमार खड्का र समाजका अध्यक्ष्य मानकाजी जेनाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
यस समझदारीलाई नेपालको एकपक्षीय प्रेम दुईपक्षीय हुन पुगेको चर्चा गर्दै संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठले भावना र मैत्रीपूर्ण गतिविधिले संस्था ब्यक्तिः, भातृ हुँदै दुईपक्षीय सम्बन्ध बढाउने स्तरमा पुगेकोमा खुशी ब्यक्त गरे । ‘यो सम्बन्ध भुगोलका हिसावले टाढा भएपनि भावनात्मक रुपमा नजिक हुने बनाएको छ’ उनले भने ।
क्यानडा–नेपाल मैत्री तथा साँस्कृतिक समाजका अध्यक्ष मानकाजी जेनाले क्यानेडेलीहरु नेपालको हिमाल, पहाडबाट साह्रै मोहित भएको जनाउँदै आफु  मैत्रीपूर्ण काम गर्न प्रयास गर्ने बताए । ‘क्यानडाका पर्यटक र ब्यापारी नेपाल आउँदा भाषाको समस्या पर्ने भएकाले क्यानडाका चार शहरमा नेपाली भाषा पढाई रहेका छौ’ भन्दै उनले आफुहरु पूर्व नेपाली नागरिक भएकाले पनि नेपालको प्रगति, विकासका लागि सम्बन्ध विस्तारमा लाग्ने प्रतिबद्धतासहित विभिन्न अनुभव सुनाए ।
संघका उपाध्यक्ष प्राडा खड्काले नेपालीहरु विदेशमा गएर कामदार मात्र नभई सान र मानका साथ देशको गौरव बढाएको पनि दलिल पेश गर्दै खुशी ब्यक्त गरे ।