काँग्रेस प्यूठानमा पुनः निर्वाचन हुने

फागुन ६,प्यूठान –नेपाली काँग्रेस प्यूठानको जिल्ला सभापतिका लागि पुनः फागुन ८ गते निर्वाचन हुने भएको छ ।

तेह्रौँ महाधिवेशनअन्तर्गत माघ २५ गते सम्पन्न भएको जिल्ला निर्वाचनमा सभापतिका उम्मेदवारहरुले स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन गर्नुपरेको निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए ।

नेपाली काँग्रेसको विधानअनुसार सभापति पदका लागि कुल मतदानको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । यस अगाडि भएको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार तीनजना भएपछि कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् ।