सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३० घाइते

फागुन ६, सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको बराम्ची २ मा बा २ ख २७०२ नम्बर बस दुर्घटना हुँदा गुम्बा गाविसकी माइली तामाङ र बराम्ची गाविस ६ की दावासाङ्बो तामाङको मृत्यु  भएको हो ।
बस सडकबाट २ सय मिटर तल खसेको छ ।

घाइतेलाई उपचारका लागि सदाबहार अस्पताल खाडीचौर, धुलिखेल अस्पताल र काठमाडौ पठाइएको प्रहरीले जनाएको छ।  उकालोमा अगाडी र पछाडीको चक्का जोड्ने सापट खुस्किएकाले दुर्घटना भएको चालकले बताएका छन्।