जिप दुर्घटना हुँदा एकको मृत्यु

फागुन ५ उदयपुर–गए राति सिरिसे गाविस–१ स्थित बेतेनी रुपाटार सडक खण्डमा बलेरो जिप दुर्घटना हुँदा ३१ वर्षीय तेजबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

ग१ज ४६१६ नंको उक्त जिप बेतेनी सडक खण्डमा बे्रक फेल भई सडकबाट तीन किमी तर खस्दा जिपमा सवार लिम्पाटार–३ का कार्कीको मृत्यु भएको हो ।
शव राति नै इलाका प्रहरी कार्यालय कटारीले कटारी अस्पतालमा ल्याएर शवपरीक्षणका लागि राखेको प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताए।

अन्य घाइतेको भने अहिले कटारी अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक र गाडी साहुजीसोरुङङ छबिसे–६ बस्ने ५१ वर्षीय गौरबहादुर कटुवाल भने फरार रहेको प्रहरीले बताएको छ ।