नेपालका लागि इतिहास रच्ने दिन हुनसक्छ भारतीय भूमी

भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा दुवै (महिला तथा पुरुष) को फाइनलमा नेपालले सोमवार आयोजक राष्ट्र भारतको सामना गर्दैछ। संयोग भन्नु पर्छ भारतको गुवाहाटीमा जारी सागमा दुवै फुटबल टोलीले चिरप्रतिद्वन्द्वी भारतलाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन्।

साग फुटबलमा महिला तथा पुरुष टोली दुबै भारतलाई हराएर स्वर्ण पदक हात पार्ने ध्याउन्नमा छन्। भारतसँगको उपाधिको भिडन्त पुरुष फुटबलको उपाधि भिडन्त गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा नेपाली समयअनुसार साँझ सवा ७ बजे हुने छ भने महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४ः१५ बजे हुनेछ ।

नेपाली पुरुष फुटबल टोली माल्दिभ्समाथि नाटकीय जित निकाल्दै फाइनलमा भारतसँगको प्रतिस्पर्धा पक्का गरेको थियो भने भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। छिमेकी मुलुक भारत र नेपाली फुटबल टोली एकअर्कामा परिचित छन्। दुवै एकअर्काका चिरप्रतिद्वन्द्वी हुन् धेरै अघि देखिका।

यसैगरी महिला फुटबलमा दक्षिण एशियाली राष्ट्रहरुमा सबै भन्दा बलियो टोली मानिन्छन् नेपाल र भारत। नजिता पनि त्यस्तै आएको छ दुवैले फाइनलमा एकअर्कालाई प्रतिस्पर्धी पाएका छन्।

सन् १९८४ बाट सुरु भएको साग खेलकुदको पहिलो संस्करणमा फुटबलका स्वर्ण जितेको थियो जुन खेलमा अहिले नेपाली फुटबल टोलीका प्रशिक्षक खेलाडीका रुपमा थिए। त्यतिबेला स्वर्ण पदक जित्दाका खेलाडी रहेका राजुकाजी शाक्य अहिलेको नेपाली टोलीको प्रशिक्षकको भूमिकामा छन्।

यस्तै सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साग (तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद) प्रतियोगितामा भने नेपाली टोली शाक्यकै कप्तानीमा मैदान उत्रिएको थियो। सोही खेलमा राजुकै कप्तानीमा नेपालले स्वर्ण पदक हात पारेको थियो नेपालले।