अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु

फागुन ३, सन्धीखर्क– अर्घाखाँचीमा टयाक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।

मे १ च १६७५ नम्बरको ट्याक्सी गएराति सन्धिखर्क नगरपालिका–८ खाँचीकोटको बागमारामा दुर्घटना हुँदा सन्धिखर्क–१ का टंकबहादुर रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना परी घाइते भएका सन्धिखर्कका मेगबहादुर पाण्डे र उमेश भुसाल तथा चितवनका सन्तोष गुरुङको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

दुर्घटनामा परेको ट्याक्सी  नरपानीबाट सन्धिखर्कको खाँचीकोट जाँदै गरेको थियो।  ट्याक्स तीव्र गतिका कारण अनियन्त्रित भई पल्टेको हुन सक्ने प्रहरीको अनुमान छ।