कालिकोट कांग्रेस सभापतिमा बम विजयी

फागुन ३, कालिकोट– नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा हर्षबहादुर बम निर्वाचित भएका छन्।

सोमबार विहान सकिएको मतगणनाबाट जिल्ला सभापतिमा बम निर्वाचित भएका हुन्।
सभापतिमा विजयी भएका बमले खसेको कुल मत २७२ मध्ये १४४ मत प्राप्त गरे। सभापतिका प्रतिद्वन्द्वी कालीबहादुर सहकारीले १२८ मतमात्रै प्राप्त गरेका थिए।

यस्तै सचिवमा नन्दबहादुर सिंह विजयी भएका छन् भने कोषाध्यक्षमा मनराज शाही विजयी भए।

यसैगरी खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिहरु मोतीराज बम, मानबहादुर रोकाय, दानबहादुर बम र  हिक्मत विष्ट विजयी भए।

यसैगरी महिला कोटाबाट धर्मा शाही, दलितबाट कर्णवीर टमटा र जनजातिबाट भीम लामा निर्वाचित भएका छन्।

पार्टी सभापति सुशील कोइरालाको असमायिक निधनका कारण कालिकोट जिल्लाको अधिवेशन आइतबार गरिएको थियो।