सन्देशले ल्याए संगीतको आकाशमा ‘आवर्तन’

माघ २७, काठमाडौं– गायक सन्देश पाठकले आफ्नो पहिलो एल्बम ‘आवर्तन’ बजारमा ल्याएका छन् ।
उक्त एल्बमको विमोचन गर्दै गायक प्रेमध्वज प्रधान, अभिनेत्री गौरी मल्ल र संगीतकार धनबहादुर गोपालीले उनी राम्रो संभावना बोकेको गायक भन्दै हौसला पाए संगीत क्षेत्रमा केही गरेर देखाउने बताए ।
‘आवर्तन’मा संगीतप्रेमीहरुका लागि बेग्ला बेग्लै धारका ६ गीतहरुको मिठास लिन सकिने एल्बमका संगीतकार जुगल डंगोलले बताए । उनका अनुसार नेपाली संगीत बजारमा श्रोताले फरक प्रकारको गीत संगीत सुन्न चाहेकोले आवर्तनमा फरक प्रस्तुति पस्किने प्रयास गरिएको छ ।
गायक पाठकले आफुले सानैदेखि नै संगीतका साधकहरुको जीवनी पढ्ने गरेको र उनीहरुको गीतलाई हुबहु गाउने प्रयासको प्रतिफल ‘आवर्तन’को जन्म भएको रहस्य खोले ।
उनी सानैदेखि गीतसंगीतको सौखिन भएकाले गायकहरुले गाएका गीतहरुलाई जस्ताको तस्तै गाउने कोशिस गर्थे ।
आर्ट म्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका उक्त एल्बमलाई एसियन म्युजिकले बजारमा ल्याएको हो।