कोइरालाको दाहसंस्कार दाउराबाट नै हुनेभयो

माघ २७, काठमाडौं–पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति दिवगंत सुुशील कोइरालाको दाहसंस्कार दाउराबाट नै हुने भएको छ ।
पशुपति आर्यघाटमा विद्युतीय दाहसंस्कार गर्ने पार्टीको चाहना भएपनि कोइरालाको परिवारले दाउराबाट नै दाहसंकार गर्ने भनेपछि सोहीअनुसार हुने भएको हो ।
अहिलेसम्म आर्यघाटको विद्युतीय शवदाह गृहमा कोही पनि भीआइपीहरुको दाहसंस्कार गरिएको छैन । कोइराला मृत्युपर्यन्त पनि नयाँपनको थालनीकर्ता बन्ने सम्भावना थियो । तर, परिवारका सदस्यजनले विद्युतीय दाहसंस्कार गराउन नमानेपछि त्यो सम्भव भएन ।
‘नेपाली कांग्रेस विद्युतीय दाहसंस्कारको पक्षमा छ, तर परिवारका सदस्यहरुले दाउराबाटै दाहसंस्कार गरिनुपर्छ भन्दै पार्टीको आग्रहलाई अस्वीकार गरे,’ कांग्रेसका एक नेताले भने । ‘यस्तो संवेदनशील अवस्थामा परिवारका सदस्यहरुको ईच्छा नै अन्तिम हुने भएकाले पार्टी दबाव दिन मिलेन उनले थपे ।